...

News karobar | Read Online News Portal Nepal

//

diggimarknepal

Newskarobar is located in Nepal which provides the latest news online. Hundred per cent pure news no adult content at all.

  1. News Channel
  2. Newspaper
  3. Newspaper Advertising Agencies etc.

News Karobar | Read Online News Portal In Nepal

  • समाचार
    विशेष
    राजनीति
    शिक्षा/स्वास्थ्य
    स्थानीय सरकार
  • विकास
    सेयर
    बैंक/वित्त
    अटो
  • विशेष
    अर्थजगत
    समाज
    विश्व
  • खेलकुद
    दृष्टिकोण
    खेलकुद
    कर्पोरेट

नेपाल बैँकर एसोसिएसन (एनबीए)का पूर्वअध्यक्ष एवं नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भन्नेमा कुनै दुबिधा नभएको बताएका छन् । न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रम धेरै राम्रो कुरा हो, विश्वले वर्षौंअघि सुरु गरेको अभ्यास नेपालमा सुरू भएको छ र यसमा आबद्ध हुने भन्नेमा कुनै दुबिधा छैन ।’

वृद्धावस्था योजनादेखि बिरामी हुँदा या दुर्घटना हुँदा कोषले प्रदान गर्ने सुविधा धेरै नै राम्रो रहेको उनले बताए । यद्यपि, प्रक्रियाका बारेमा अलिकति अन्योल रहेको उनको भनाइ छ ।

खाइपाइ आएको तलब घट्ने हो कि भन्ने रहेको र त्यस विषयमा पनि छलफल भइरहेको सीईओ शाहले जानकारी गराए । ‘बैँकहरू या सबै वित्तीय संस्थाहरू कोषमा आबद्ध हुनैपर्छ,’ उनले भने, ‘हालै भएको कार्यविधि संशोधनले हाम्रा केही चासोहरू सम्बोधन गरेको पनि छ तर पूर्ण छैन, हामी छलफलकै चरणमा छौँ, छिट्टै टुंगोमा पुगिन्छ भन्ने विश्वास छ ।’

अवकाश कोषबाट लिइने लोनका विषयमा पनि बैँकरहरूले चासो राखिरहेका छन् । अधिकांश बैँकहरूको आफ्नै अवकाश कोष छ । हाल ५७ वटा अवकाश कोष सञ्चालनमा छन् । अहिले बैँकका कर्मचारीले अवकाश कोषबाट शतप्रतिशत कर्जा लिनसक्ने व्यवस्था छ । तर, सामाजिक सुरक्षा कोषबाट भने ८० प्रतिशतमात्र कर्जा लिन सकिने प्रावधान छ ।

प्रमुख कार्यकारी अधिकृत शाहले अहिले जुनसुकै संस्था या बैँकहरू आन्तरिक तयारी गरेर कोषमा आबद्ध हुनसक्ने बताए । ‘केही भइसकेका पनि छन्, केही हुँदै छन्,’ शाहले भने, ‘प्रक्रियाका विषयमा सानो अन्योल छ, सम्भवतः चाँडै क्लियर होला ।’

सामाजिक सुरक्षा कोष र बैँकर एसोसिएसनबीच यो विषयमा चार–पाँच चरणमा छलफल भइसकेको छ । बिहीबारमात्रै पनि एनबीए र कोषबीच छलफल भएको छ । कार्यविधि संशोधन भइसकेपछि कोषले एनबीएसँगको छलफललाई तीव्रता दिएको हो ।

कोषको कार्यविधि संशोधनपछि धेरै बैँक सकारात्मक भएको पाइएको छ । एसोसिएसनका निर्देशक अनिल शर्माले कार्यविधि संशोधनपछि मोटामोटी कुराहरू सम्बोधन भएको बताए । ‘नेपालका लागि सामाजिक सुरक्षा कार्यक्रम नयाँ हो, पर्फेक्ट हुन त समय लाग्छ नै,’ उनले भने, ‘सकारात्मक छलफल भइरहेका छन्, हिजोको छलफल पनि राम्रै भएको छ ।’

Email: [email protected]

सूचना विभाग दर्ता नं. ४६४-२०७४/०७५
Contact Number: +977-1-5133060, +977-1-4107172

Discover more from JustBaazaar

Subscribe now to keep reading and get access to the full archive.

Continue reading